रविलाई जेल स्थानान्तरण नगर्नु  दुःखद् र नबुझिँदो : अर्जुननरसिंह केसी

लोकपथ
3.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जेल स्थानान्तरणको आग्रह अस्वीकार हुनु दुःखद् भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले अदालतले समेत स्थानान्तरणको अनुमति दिँदादिँदै राज्यले अस्वीकार गर्नु नबुझिने विषय भएको बताए । 

रुपन्देही कारागारमा मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको विषय उठाउँदै केसीले कारागारभित्र न्यूनतम आधारभूत आवश्यकता सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए।

‘कसैप्रति पनि कानुनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ । तर राष्ट्रिय पार्टीको सभापति र पूर्व मन्त्रीलाई अदालतको आदेशपछि पनि स्थानान्तरण नगर्नु दुःखद् मात्र होइन, नबुझिने कुरा हो,‘उनले भने ।

सांसद केसीले देशभरका कारागारहरूको अवस्था सुधार गर्न तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?