सरकारले माग सम्बोधन नगरे सभामुखकै अघि अनसन बस्ने सांसद मोदीको चेतावनी

लोकपथ
994
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडक निर्माणमा ढिलाइ भएको भन्दै प्रतिनिधिसभामै अनसन बस्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले पटक–पटक उठाएको माग सम्बोधन नभएको गुनासो गरे । मोदीले कटहरी खण्डको हुलाकी सडक निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि सम्पन्न नभएको उल्लेख गर्दै जनताले सडकमै धान रोपाइँ गर्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘सरकारलाई रुलिङ हुनुपर्छ, एउटै कुरा मैले कति पटक उठाउनुपर्ने हो ? सभामुखबाट रुलिङ भएन भने म तपाईँको अगाडि अनसन बस्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?