काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले आफू अनुकूल कानून बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने र मिडियामाथि नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरण, पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’ दुरुपयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अनियमितताप्रति सरकार र संसद मौन रहेको टिप्पणी गरे ।
खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘How Democracy Dies‘ किताब पढ्न र आफ्नो सरकारले एक वर्षमा गरेका कामको मूल्यांकन गर्न सुझाव दिए ।
उनले सुशासन सुनिश्चित गर्न भ्रष्टाचारी मन्त्रीहरूलाई पदमा नराख्ने माग दोहोर्याउँदै, ‘हामी सुशासन चाहन्छौं, प्रधानमन्त्रीज्यू, तपाईं के चाहनुहुन्छ ?’ भन्ने प्रश्न उठाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया