एनआईसी एशिया बैंकका ग्राहकले माउन्टेन ग्लोरी रिसोर्टमा १० प्रतिशत छुट पाउने

लोकपथ
294
Shares

काठमाडौं । एनआईसी एशिया बैंक र माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा बिच ग्राहकहरूका लागि विशेष छुटको सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौताअनुसार, एनआईसी एशिया बैंकका ग्राहकहरूले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा खाना, पेय पदार्थ, स्पा र आवास सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १० प्रतिशत छुट पाउनेछन् ।

ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बैंक र रिसोर्टबिचको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध गराउनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

एनआईसी एशिया बैंकले नगदरहित कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ग्राहकहरूका लागि विविध सुविधाहरू प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?