काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवाको नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले युवामैत्री लगानीको वातावरण, नवप्रवर्द्धन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति र कानुनी संरचना तयार गरी युवाहरुको भविष्य स्वदेशमा नै उज्यालो बनाउन सरकार प्रयासरत रहेको पनि बताए ।
कुल जनसंख्याको करिब ४२ प्रतिशत हिस्सा ओगटेका युवाहरूले कठिन परिस्थितिमा पनि नवप्रर्वद्धनप्रति रुचि देखाएको उनको भनाई छ । महामारीका चुनौती, प्राकृतिक प्रकोपको समयमा जलवायु परिवर्तनको विरोधमा चेतनामूलक अभियान, प्रविधि आधारित नयाँ अविस्कार लगायतका विषयमा युवाहरुको संकल्प, सहभागिता उच्च सम्मानयोग्य रहेको उनले बताए । नेपालको इतिहासमा युवा जनशक्तिको सहभागितामा ठुला ठुला परिवर्तन भएको उल्लेख गर्दै उनले युवाहरू इतिहासका साहस, वर्तमानका साझेदार र भविष्यका संरक्षक रहेको बताए ।
सरकारले ‘समृद्ध राष्ट्र निर्माणको लागी स्वस्थ, कर्मठ र उद्यमी युवा हुनुपर्छ’भन्ने मूल मन्त्र आत्मसाथ गरेको पनि बताए । समृद्ध देश निर्माण र युवा जनशक्ति परिचालनको लागी सबैको सहकार्य आवश्यक रहेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया