महोत्तरीमा बाढीमा परी एक युवकको मृत्यु

लोकपथ
154
Shares
फाइल तस्बिर

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–२ स्थित रातो खोलामा आएको बाढीमा बगेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका-३ डाम्हीका अन्दाजी ३०-३५ वर्षका चन्दनकुमार ठाकुर रहेका छन् ।

उनका पिता वृजमोहन ठाकुर भएको प्रहरीले जनाएको छ। चौहानका अनुसार बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर घर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?