काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।
उनले निर्देशिकालाई अन्तिम रुप दिनका लागि भ्रातृ संस्था तथा निर्देशन समितिहरुसँग सुझाव लिइएको बताए ।
उनले भने, ‘लामो समयसम्म अधिवेशन नभएको तथा अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संस्थाहरुको बारेमा अधिवेशन गर्नको लागि बनाइएका निर्देशन समितिहरु र पार्टीका पदाधिकारीहरुको संयुक्त बैठक थियो । त्यो संयुक्त बैठकले अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा एउटा निर्देशिका तयार भएको छ । त्यो निर्देशिका पार्टी महामन्त्री विश्वप्रकाश शर्मा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्रीज्युहरुको उपस्थितिमा सबै भ्रातृ संस्थाका अध्यक्ष र निर्देशन समितिहरुलाई राखेर त्यसका बारेमा छलफल भयो । र त्यो छलफलमा केही सुझावहरू प्राप्त गरिसकेपछि निर्देशिका पारित गरेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया