तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको सोमबार मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरिका करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेका छन् ।
गगनगौंडाबाट दुलेगौंडातर्फ आइरहेको बसमा अचेत भेटिएका उनलाई उद्धार गरी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
विक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए । गगनगौंडाबाट बनकेवाचोकका लागि बस चढेका उनी यात्रा क्रममा केही पटक बान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया