काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
मे १ ख १७९९ नम्बरको बस र प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस ठोक्किँदा सप्तरी, कोसी र मोरङका गरी तीन जनाको सनाखत भइसकेको छ भने एक महिलाको पहिचान खुलेको छैन।
मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको बिराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका छन् ।
उक्त दुर्घटनामा अन्दाजी ४५-५० वर्षीया एक महिलाको पनि मृत्यु भएको तर उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १८ जना सवार माइक्रोबसमा दुई जनाको मृत्यु भएको छ भने घाइतेहरूको सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया