राहुल गान्धी पक्राउ 

लोकपथ
1.8k
Shares

काठमाडौं । भारतको लोकसभामा प्रमुख विपक्षी दलका नेता राहुल गान्धीलाई त्यहाँको सरकारले पक्राउ गरी  हिरासतमा राखेको छ । निर्वाचन आयोग घेराउ गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

मतदाता नामावलीमा लाखौँको संख्यामा हेराफेरी भएको आरोप लगाउँदै विपक्षी दलले आयोगतर्फ मार्चपास गरिरहेका बेला गान्धीसहित केही विपक्षी सांसदलाई दिल्ली प्रहरीले पक्राउ गरेको हो । 

मार्चपासअघि गान्धीको नेतृत्वमा सबै सांसद धर्नामा बसेका थिए । मार्चपासमा प्रियंका गान्धीसहित समाजवादी नेतृ डिम्पल यादव, महुजा मोइत्रा, सञ्जय राउतलगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?