काठमाडौंमा मापदण्ड विपरीतका २७१ पानीका जार नष्ट

लोकपथ
182
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत प्रशोधित पिउने पानीका २७१ जार नष्ट गरेको छ।

महानगरका अनुसार गत आसार र साउन महिनामा जम्मा ४५६ वटा मापदण्ड विपरीतका पानीका जारहरू बरामद भई नष्ट गरिएको हो ।

बर्खायाममा पानीजन्य रोगको जोखिम कम गर्न अनुगमन गर्ने क्रममा कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले अनुगमनमा यस्तो कदम उठाइएको जानकारी दिए। पानीको गुणस्तर सुनिश्चित गर्न नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको पनि उनले बताए।

चालु आर्थिक वर्षको सुरुदेखि बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी, बालाजु, कोटेश्वर लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो।

महानगर, कृषि तथा पशुपक्षी विभाग र महानगर प्रहरी बलको सहकार्यमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको पनि अनुगमन गरिएको छ।

न्यौपानेले भने, ‘मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यसैले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ।’

उनले पानी बिक्री–वितरण नगर्न, स्पष्ट लेबल राख्न, बिल–बिजक सवारी साधनमै राख्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको जानकारी पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?