काठमाडौं । भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालिका अझै फेला परेका छैनन् । आइतबार सात वर्षीया सान्वी पन्त र छ वर्षीया जीविका पन्त नदीमा डुबेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरूले आइतबार साँझदेखि नै नदी क्षेत्रमा खोजतलास सुरु गरेका छन् । तर पानीको तेज बहावका कारण खोजकार्यमा कठिनाइ भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायब उपरीक्षक सागर बोहराका अनुसार ‘नदीमा बालिकाहरू डुबेको खबर पाएपछि तत्कालै खोजतलास सुरु गरिएको थियो, तर अहिलेसम्म उनीहरूको कुनै पत्तो लाग्न सकेको छैन ।’
दुवै बालिका एउटै परिवारका सदस्य हुन् र खोजकार्य जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया