अमेरिका । अमेरिकाको टेक्ससमा एक नेपालीले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेका छन् । टेक्सस राज्यको डालास सहरमा यो घटना भएको हो ।
स्थानीय समयअनुसार शनिबार बिहान २ बजेर १० मिनेटमा ५३ वर्षीय ललित प्रधानमा आफ्नी ३७ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरेपछि आत्महत्या गरेका हुन् ।
डडली स्ट्रिटको १९०० ब्लकमा यो घटना भएको डालास प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ललितले श्रीमती र छोरालाई गोली हानी हत्या गरेपछि सोही पेस्तोल प्रयोग गरेर आफूमाथि गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रञ्जना र प्रनिशको घटनास्थलमै मृत्यु भएको थियो । ललितलाई भने अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको थियो ।
लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका ललितले घटनाको एक दिनअघि मात्र आफू लामो समयदेखि तनावमा रहेको र काममा समेत उपस्थित हुन नसकेको भनेर आफ्नो फेसबुक वालमा पोस्ट गरेका थिए ।
‘मैले र मेरो परिवारले सरकारी सेवाहरू प्राप्त गर्न सकेका छैनन्, जसका कारण मैले र मेरो परिवारले कडा परिश्रम गर्न बाध्य भएका छौँ,’ उनले आफ्नो फेसबुक पोस्टमा लेखेका थिए ।
यसअघि दुई महिनाअघि जुन ५ मा भर्जिनिया राज्यमा पर्ने मनासस सहरमा एकै परिवारका चार जना नेपाली मृत फेला परेका थिए । मनासस घटनामा पनि प्रहरीले हत्यापछि आत्महत्या भएको जनाएको थियो । प्रहरीका अनुसार मनासस घटनामा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीया बालिकाको गोली प्रहारबाटै मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया