क्रिकेटर ललित राजवंशीलाई मातृशोक

लोकपथ
385
Shares

काठमाडौं । नेपाली क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । उनकी आमा ६३ वर्षीया शुभो राजवंशीको आइतबार विराटनगर महानगरपालिका–१४ स्थित घरमा निधन भएको हाे ।

उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिइन् । ललितले आफ्नो सामाजिक सञ्जालको स्टोरीमार्फत ‘आई एम सो सरी मामु’ लेख्दै आमा प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले पनि सामाजिक सञ्जालमार्फत शुभो राजवंशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

शुभो राजवंशीको निधनले ललित र उनको परिवारमा अपूरणीय क्षति पुगेको छ । क्रिकेटसमाजमा पनि यो खबरले शोक छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?