कोमामा रहेको सार्क फर्किने/नफर्किने ठेगान छैन तर आवश्यक छ : उपेन्द्र यादव

लोकपथ
588
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सार्कलाई अहिले ‘कोमामा पुगेको’ भन्दै अब फर्किने हो कि होइन भन्ने अनिश्चितता रहेको टिप्पणी गरे ।

अध्यक्ष यादवले दक्षिण एशियामा सार्कको महत्व अझै कायम रहेको बताए। उनले विगतमा सार्कमा आतंकवादविरोधी विषयमा छलफल भएको स्मरण गर्दै, आतंकवादी गतिविधि रोक्न क्षेत्रीय सहकार्य अपरिहार्य भएको उल्लेख गरे ।

उनका अनुसार आतंकवादी गतिविधिको ‘रुट कज’ पहिचान गरी समयमै समस्या समाधान गर्नुपर्छ। ‘रिसोर्सको च्यानल रोक्नु र आतंकवादीहरूको आर्थिक स्रोत बन्द गर्नु जरुरी छ,’उनले भने ।

यादवले कुनै पनि देश वा निकायले आतंकवादी गतिविधि नियन्त्रण गर्नका लागि आर्थिक सहयोग दिन नहुनेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?