काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेका छन् ।
डल्लुस्थित खनालको निवासमा भएको भेटमा वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको सम्भावनाबारे छलफल भएको बताइएको छ ।
पछिल्लो समय श्रेष्ठले विभिन्न नेताहरूसँग राजनीतिक भेटघाटको क्रम तीव्र पारेका छन् । यसअघि उनले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एसका महासचिव घनश्याम भुसालसँग पनि भेट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया