भूमि सम्बन्धी विधेयकमाथि छलफल सुरु

लोकपथ
154
Shares

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि सम्बन्धी विधेयकको छलफल सुरु भएको छ ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल सुरु भएको हो । आज यो विधेयक पारित गर्ने तयारी गरिएको छ ।

प्रस्तावित विधेयकले भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा आवश्यक संशोधन गर्ने प्रस्ताव समेटेको छ । अधिकांश विषयमा सांसदहरूको संशोधन सुझावअनुसार भाषा परिमार्जन गर्ने व्यवस्था गरिएको छ भने आज विधेयकको प्रतिवेदन तयार गरी पुनः छलफल गरी पारित गर्ने तयारी गरिएको छ ।

समितिले घरजग्गा व्यवसायीलाई हदबन्दी छुटको जग्गा बेच्न अनुमति दिन सहमति जनाइसकेको छ । साथै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषयमा पनि भाषा मिलाउने भनिएको छ ।

प्रदेशको क्षेत्राधिकार र संविधानको साझा सूचीसम्बन्धी संवेदनशील विषयमा समितिले मौनता अपनाउँदै विधेयक अगाडि बढाउन खोजेको छ।

भूमि व्यवस्थामा सुधार गर्न लक्षित यो विधेयकले देशमा भूमि सम्बन्धी कानुनी सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?