२०७८,श्रावण,१८,सोमवार

२८१ निवर्तमान सांसद ‘रिङबाहिर’

२०७४,कार्तिक,२१,मंगलवार ०१:४५


काठमाडौं, २१ कात्तिक- विघटित संसद्का २ सय ८१ सांसद अबको पाँच वर्ष कुनै पनि संसद्मा रहने छैनन् । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनको ‘रिङ’ बाहिर रहेका कारण उनीहरू अबको संसद्मा नरहने भएका हुन् अघिल्लो संसद्मा रहेका ती सांसद प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् । अब गठन हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक गरी कुल) २ सय ७५ र प्रदेशसभा (सातवटै प्रदेशको प्रत्यक्ष तथा समानुपातिक गरी कुल) ५ सय ५० संख्याको संसद् बन्दासमेत विघटित संसद्का २ सय ८१ सांसदले निर्वाचनमा टिकट हात पार्न सकेनन् सबैभन्दा बढी एमालेबाट प्रतिनिधित्व गरेका १ सय २१ सांसद निर्वाचनको ‘रिङ’ बाहिर परेका छन् । एमालेले आफ्नो कुल १ सय ८० सांसद्मध्ये ५८ जनालाई मात्रै आउने संसद्का लागि उम्मेदवार बनाएको छ । तीमध्ये प्रदेश तथा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ५३ जना र पहिले प्रत्यक्ष निर्वाचन लडेर जितेका तर अहिले समानुपातिकमा पाँच जनालाई समेटेर उम्मेदवार बनाइएको छ , अन्नपूर्ण पोस्टमा खबर छ निवर्तमान सांसदमध्ये कांग्रेसले धेरैलाई दोहोर्‍याएको छ भने एमाले-माओवादीले धेरैलाई रिङबाहिर पारेका छन् अन्य निवर्तमान सांसदलाई भने उसले दोहोर्‍याएको छैन । उसले अधिकांश नयाँ अनुहारलाई प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२१,मंगलवार ०१:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

ओली र नेपालबीच मंगलवार भेटवार्ता हुने
 २०७८,श्रावण,१८,सोमवार २१:५२
कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९