काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा राख्न लागिएका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै सच्याउन माग गरेका छन् । नसच्याइए आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।
हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले आज आइतबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन् ।
शिक्षा विधेयकबाट निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइनेछ भन्ने वाक्यांश हटाइनुपर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र छात्रवृत्तिअन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्नेलगायका विषयहरू तत्काल सच्याउनुपर्ने यी संस्थाको माग छ ।
आफ्ना माग सम्बोधन नभए २९ गतेबाट आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका हुन् ।
सबै सरोकारवालाका विषयमा कानुनी व्यवस्था र कानुनबमोजिम स्थापना भई सञ्चालन भएका संस्थाहरूको स्थायित्वलाई समेत मध्यनजर गरी कुनै पूर्वाग्रह नराखी निर्माणाधीन शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया