पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो

लोकपथ
168
Shares

काठमाडौं । पर्साको ठोरी गाउँपालिका–४ मालीबस्ती नजिकै भारततर्फ जाने बाटोमा एक पाटेबाघ मृत अवस्थामा फेला परेको छ।

पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार आज बिहान करिब ७ः३० बजे ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा करिब ५०० मिटर दक्षिणतर्फ बाघ मृत अवस्थामा भेटिएको हो। स्थानीयवासीले प्रहरीलाई जानकारी दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली घटनास्थल पुगेको उनले बताए।

घटनाबारे थप अनुसन्धानका लागि पर्सा राष्ट्रिय निकुञ्जको आधारभूत कार्यालय र नेपाली सबुज गणको टोली पनि पुगेको लम्सालले जानकारी दिए। घटनास्थल प्रहरी चौकीबाट करिब चार किलोमिटर टाढा पर्छ।

पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेका अनुसार मृत बाघको मुचुल्का तयार पारेर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको छ। “बाघको बाहिरी भागमा सामान्य चोटपटक देखिएको छ, तर बाघ जुँधेर हो वा अन्य कारणले चोट लागेको हो भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुनेछ,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?