कति छ आज सुनको मूल्य ?

लोकपथ
574
Shares

काठमाडौं ।  उच्च मूल्यमा पुगेको सुनको भाउ आइतबार केही घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ थियो ।

यसैगरी, चाँदीको भाउ भने बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३२५ रुपैयाँ रहेको चाँदी आइतबार ५ रुपैयाँले बढेर २ हजार ३३० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?