काभ्रेपलाञ्चोक । रामेछापबाट खुर्कोट हुँदै हेटौँडा जाँदै गरेको डबलक्याप स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मन्थली नगरपालिका–११ बस्ने ४१ वर्षीया स्वास्थ्यकर्मी राधा कार्की चौहान रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन्। उनलाई सामुदायिक अस्पताल रामेछापमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौँडा जाँदै थिए। बिएससी ९४६३ नम्बरको स्कारपियो गाडी आइतबार बिहान मन्थली नगरपालिका–६ कुनौरीमा सडकमा आएको पहिरोबाट तल खसेर दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया