राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन : राजेन्द्र लिङ्देन

लोकपथ
168
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विभाजन गर्ने क्षमता र कारण दुवै कसैसँग नभएको बताएका छन् । पछिल्ला विवादका बिच उनले राप्रपा अब कहिल्यै विभाजन नहुने दाबी गरेका हुन् ।

उनका अनुसार विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाउने प्रवृत्ति भए पनि आफ्नो नेतृत्वमा त्यो संस्कृति अन्त्य भएको छ । ‘यो पार्टी विभाजन गर्न न त तागत छ, न त आवश्यकता, ‘उनले भने ।

लिङ्देनले असन्तुष्ट पक्षका विषयहरू पार्टीभित्रका समितिहरूमा छलफल गरेर समाधान गर्नुपर्नेमा जोड दिए । महाधिवेशनमार्फत नेतृत्वलाई नै चुनौती दिने प्रक्रियासम्म खुला भए पनि आन्तरिक विषय सञ्चारमाध्यममा लैजानु अनुचित हुने उनको भनाइ छ ।

अध्यक्षले हालको पद तथा जिम्मेवारी हेरफेर पार्टी विधानअनुसार भएको स्पष्ट पारे । उनले कसैलाई पार्टीबाट निष्कासन नगरेको र विभाग प्रमुख तथा सदस्य तोक्ने अधिकार अध्यक्षलाई परम्परागत रूपमा दिइएको दोहोर्‍याए ।

राजसंस्था पुनःस्थापना पक्षधर शक्तिहरू एकजुट हुँदै गएको दाबी गर्दै लिङ्देनले हालको राजनीतिक परिवेश र जनमतले राजसंस्था पुनःस्थापनाको सम्भावना नजिक्याएको बताए । जेठ १५ गतेको कार्यक्रमले सकारात्मक सन्देश दिएको र आगामी दिनमा कमजोरी सच्याएर अघि बढ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?