जनकपुरमा रेलसँग कार ठोक्कियो 

लोकपथ
399
Shares

काठमाडौं । जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । रेलवे लिक क्रस गर्ने क्रममा रेलसँग  बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कार ठोक्किएको हो ।

भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै गरेको रेलमा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले घटनामा मानवीय क्षति हुन नभएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?