काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा दुई जनाको समूहले एक बालिकालाई लखेटी लखेटी बलात्कार गरेको खुलेको छ । बलात्कृत नाबालिका अन्य साथीहरूसँगै हिँड्दै गरेको भएपनि अरूले भागेर ‘सुरक्षित’ हुन सक्दा उनी भने बलात्कारको सिकार हुन पुगेकी हुन् ।
घटना साउन २२ गते बिहीबार रातिको हो । त्यस दिन साँझ बालिका/किशोरीहरूको एउटा समूह तिजको नाच हेर्न गएको थियो । नाच हेरेर फर्कँदै गर्दा सोही ठाउँका दुई युवकले उनीहरूलाई लखेट्न थाल्यो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारले बिहीबार राति तीजको नाच हेरेर फर्कँदै गरेका एकै उमेर समूहका ४/५ जना बालिकाको समूह घर फर्किँदै गर्दा एक जना बलात्कृत भएको जाहेरी परेको बताए । उनले अभियुक्त चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरिएको बताए ।
उनले भने, ‘तीजको नाच हेरेर फर्कँदै गर्दा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेछन् । पिछा गरेको चाल पाएपछि बालिकाहरू भाग्न थाले । तर गोविन्द र खगेन्द्रले लखेट्न थाले । लखेटेरै उनीहरूले एक बालिकालाई समातेर पालैपालो बलात्कार गरेछन् ।’
आरोपितहरूले बलात्कार गरेकी बालिकालाई ढुंगासमेत प्रहार गरेको र ढुंगाले हातमा चोट लागेका कारण ती बालिका धेरै भाग्न नसकेको प्रहरीले जनाएको छ । ढुंगाको चोटले ढलेकी ती बालिकालाई उनीहरूले एकान्तमा लगेर पालैपालो बलात्कार गरेका प्रहरीले जनाएको छ ।
बालिकाको उपचारमा रहेका चिकित्सकका अनुसार बालिकाको दाहिने हात मर्केको छ भने गुप्ताङ्गमा घाउ छ ।
पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीलाई जाहेरी दिएपछि ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेख जनाएको छ ।
बालिकाको जिल्ला अस्पताल दैलेखका उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया