भीड बढेपछि एक दिन थपियो नाइमा एक्स्पो, अब सोमबारसम्म चल्ने

लोकपथ
378
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) द्वारा आयोजना गरिएको ‘नाइमा नेपालमोबिलिटी एक्स्पो २०२५’ एक दिन थपिएको छ ।

प्रदर्शनीमा अपेक्षा भन्दा बढी दर्शकहरुको भीड देखिएपछि पाँच दिनका लागि सञ्चालन हुने भनिएको एक्स्पो अब श्रावण २६ गते सोमबारसम्म चल्ने भएको हो ।

नाइमाका परामर्शदाता प्रतिक अर्यालका अनुसार छोटो समयमा दर्शक व्यवस्थापनमा कठिनाइ भएपछि अवधि थप गर्ने निर्णय गरिएको हो ।

शनिबार मुसलधारे वर्षा भए तापनि प्रदर्शनी स्थलमा दर्शकहरुको घुइचो कम नभएको उनले बताए । कार्यदिवसका कारण कार्यालय व्यस्तता हुँदाहुँदै पनि धेरैले उत्साहका साथ एक्स्पोमा सहभागिता जनाएका थिए ।

प्रदर्शनीका पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५००, तेस्रो दिन १९ हजार ५०० र शनिबार २१ हजार ५ सयभन्दा बढी दर्शकहरू सहभागी भएका थिए ।

पहिलो तीन दिनमा वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, व्यापारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले समेत ठूलो संख्यामा सहभागिता जनाएका थिए ।

यस एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । सुरुमा श्रावण २१ देखि २५ गतेसम्म सञ्चालन हुने तय गरिएको यो प्रदर्शनी अब एक दिन थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?