काठमाडौं । बाग्लुङबाट झापा जाँदै गरेको बसले सप्तरीको अग्नीसाइर कुष्णासवरन गाउँपालिका–२ चाँदनी चोकस्थित सडकमा साइकल यात्रीलाई ठक्कर दिएको छ ।
ठक्करबाट ६८ वर्षीय बुदुर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्र १–०१–००१ ख ४५६० नम्बरको बस शनिबार बिहान दुर्घटनामा परि चौधरीलाई ठक्कर दिएको हो । बस चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको छ ।
घटनाको कारण पत्ता लगाउन प्रहरीले आवश्यक कारबाही अगाडि बढाएको छ । स्थानीयहरूमा शोक व्याप्त रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया