काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनबाट देव खनाल चितवन राइनोजमा अनुबन्ध भएका छन् । खनाललाई १५ लाख रुपैयाँमा गोलाप्रथाबाट चितवनले अनुबन्ध गरेको हो ।
अक्सनमा देवका लागि लुम्बिनी लायन्स र चितवन राइनोज दुवैले अधिकतम मूल्य प्रस्ताव गरेपछि गोलाप्रथा गरिएको थियो । सो गोलाप्रथाबाट चितवनले उनलाई टिममा भित्र्याएको हो ।
पहिलो सिजनमा देव कर्णाली याक्सबाट खेलेका थिए । दोस्रो सिजनका लागि कर्णालीले उनलाई रिलिज गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया