सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित इटहरी–धरान सडकखण्डको पानीपिया जंगलमा आज बिहान बस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस इटहरीबाट धरानतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटरसँग ठोक्किँदा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा दिउँसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिएका छन् ।
घटनापछि बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया