बाजुरा । बूढीनन्दाको दर्शन गरी घर फर्किने क्रममा सम्पर्कविहीन भएका ५५ वर्षीय खिमराज उपाध्यायलाई खोजी गरी प्रहरीले भेडीगोठमा भेटाएको छ ।
बडीमालिका नगरपालिका–९ उखाडी घर भएका उपाध्याय बूढीनन्दाको मन्दिरमा दर्शन गरी फर्किने क्रममा हराएका थिए ।
स्थानीय प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले उनलाई लेकका गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
प्रहरीका अनुसार उपाध्याय शुक्रबार साँझ ५ः३० बजे बूढीनन्दाबाट फर्किँदै चुडेपानी बर डाँडामा पुगेपछि फेरि बूढीनन्दातर्फ फर्किएको ठाउँमा हराएका थिए ।
उनको खोजीका लागि प्रहरी परिचालन गरिएको थियो र तत्कालै खोजी गरी सुरक्षित भेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया