काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भेट्न वरिष्ठ नेता वामदेव गौतम पुगेका छन् ।
खनाल निवास डल्लुमा भएको भेटवार्तामा दुवैले वर्तमान पार्टी भित्र चलिरहेको विवाद र अन्य राजनीतिक विषयमा गम्भीर वार्ता गरेका छन् ।
हालै मात्रै नेकपा एस प्रवेश गरेका वामदेव गौतम र झलनाथ खनालबिचको संवादले पार्टीभित्रको तनावलाई कसरी सम्बोधन गर्ने भन्ने बारे महत्त्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ ।
यसअघि माधव नेपाल र झलनाथ खनालबिच पार्टीका स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाइएको छ, जसमा विवादलाई समाधान गर्ने प्रयास हुने देखिन्छ । विवाद चर्किएपछि दुवै नेता एक अर्कालाई पार्टी छोडेर जान पनि सुझाव दिइसकेका छन्, जसले नेकपा एकीकृत समाजवादीमा आन्तरिक तनाव बढाएको छ ।
यो भेटवार्ता पार्टीको आगामी कदम र एकताको दिशामा के कस्तो असर पार्नेछ भन्ने विषयमा राजनीतिक विश्लेषक र नेता वर्गको चासो कायमै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया