काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको महत्त्वपूर्ण भेटवार्ता आगामी अगस्ट १५ मा अमेरिकाको राज्य अलास्कामा हुने जानकारी दिएका छन् ।
उनले यो समाचार आफ्नो ट्रुथ सोसल मिडिया मार्फत सार्वजनिक गरेका हुन् ।
रुसी राष्ट्रपतिका नजिकका सहयोगी युरी उशाकोभले जानकारी दिँदै बताए पुटिन र ट्रम्पबिचको आगामी शिखर सम्मेलनको मुख्य उद्देश्य रुस र युक्रेनबिचको द्वन्द्वको दीर्घकालीन शान्तिपूर्ण समाधानका विकल्पहरूमा केन्द्रित हुने छ ।
यो बैठकले दुई मुलुकबिच रहेको तनाव कम गर्दै स्थायी शान्तिको दिशामा थप कदम चाल्न सहयोग पुग्ने आशा गरिएको छ ।
अलास्कामा हुन लागेको यो भेटवार्तालाई विश्व समुदायले पनि चासोका साथ नियालिरहेको छ भने यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्थिरतामा के कस्तो प्रभाव पार्ने भन्ने विषयमा चर्चा चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया