कैलाली । कैलाली कारागारमा कैदीबन्दीबिच भएको झडपपछि अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक बसेको छ ।
प्रमुख जिल्ला अधिकारी गोगन हमालको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका उच्चस्तरीय टोली घटनास्थलमा पुगे पनि कैदीबन्दीहरूले ताला लगाएर भित्र प्रवेश गर्न नदिएपछि टोलीले कारागार प्रशासनसँग परामर्श गरी जिल्ला प्रशासन कार्यालयमा फर्किएको छ ।
झडपमा एक कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। यस घटनापछि सुरक्षा व्यवस्थाका विषयमा छलफल गरी आवश्यक निर्णय गर्न समितिको बैठक बोलाइएको हो ।
सुरक्षा निकायहरूले थप अनुगमन र नियन्त्रणका उपायहरू अघि बढाउने तयारी गरिरहेको जनाइएको छ । कारागारभित्रका तनावपूर्ण अवस्था समाधान गर्न सरकारले आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ ।
यो पनि : कैलाली कारागारमा झडप, एक कैदीको मृत्यु, ४७ जना घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया