काठमाडौं । एकीकृत समाजवादी पार्टीले पार्टीका तीन तहका बैठक बोलाएको छ ।
पार्टीभित्र आन्तरिक विवाद बढिरहेका बेला एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
पार्टी महासचिव घनश्याम भूसालका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ७ र ७ गते बोलाइएको छ । बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा हुनेछ ।
केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ । स्थायी कमिटी भदौ ४ गते र पोलिटब्युरो बैठक ५ गते पार्टी केन्द्रीय कार्यालय बस्नेछ ।
सबै बैठक बिहान ११ बजेदेखि सुरु हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया