काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालको कार्यकक्ष अगाडि १७ दिनदेखि धर्ना दिइरहेका माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विद्यार्थीले रिले अनसन सुरु गरेका छन् ।
शुल्क शोषणविरुद्ध सुरु भएको धर्ना दुई साता नाघ्दा पनि विश्वविद्यालय प्रशासनले कुनै प्रतिक्रिया नदिएपछि क्रान्तिकारीले रिले अनसन थप्ने निर्णय गरेको हो ।
विद्यार्थी संगठनले ९ महिना अघि अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य तथा लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभिए पनि शुल्क पुरानै दरमा असुलिएको गुनासो गरेको छ ।
क्रान्तिकारीका अनुसार, चार वटा ‘सेल्फ सस्टेन’ कार्यक्रम गाभिएपछि शुल्क स्वाभाविक रूपमा घट्नुपर्ने भए पनि प्रशासनले शुल्क संरचना परिमार्जन नगरी पुरानै शैलीमा उठाउँदै आएको छ ।
लामो समयदेखि धर्ना बस्दा पनि त्रिवि पदाधिकारीले वार्ताको पहल नगरेको र उपकुलपति अर्यालले कार्यालय आउनै छोडेको विद्यार्थीहरूको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया