रास्वपा बैठकको निर्णय : नेताहरुलाई जिम्मेवारीदेखि सरकारलाई दबाब दिनेसम्म

लोकपथ
847
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपालीहरुको मताधिकारका लागि सरकार र सम्बन्धित निकायहरुको ध्यानकर्षण गराउने भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिलाउनका लागि अभियान नै सञ्चालन गर्ने निर्णय भएको हो ।

त्यस्तै पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भन्दै त्यसकाविरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउन केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको छ ।

आजको बैठकले पार्टीको संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ ।

उनले हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । साथै पार्टीको रिक्त विभिन्न विभाग तथा समितिहरुमा देहायका जिम्मेवारीमा सदस्यहरुलाई मनोनयन गरेको छ ।

जसअनुसार केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतम (काठमाडौं) , केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा गोकुल सापकोटा (नवलपुर), मधेस प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल, बारा र पुनम शाह (सिराहा) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?