चक्रे मिलनसहित १९ जनाको हिरासत म्याद फेरि ५ दिन थप

लोकपथ
231
Shares

काठमाडौं ।  गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाको हिरासत म्याद दोस्रो पटक पनि थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेशनबाट उनीहरू पक्राउ परेका थिए । पक्राउ परेकामध्ये २८ जनालाई रिहा गरिएको थियो भने १९ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

चक्रे मिलनसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का, यामु पौडेललगायत छन् ।

उनीहरूलाई चक्रे मिलनको जन्मदिन पार्टीमा मध्यराति होहल्ला गरेको आरोपमा महाराजगञ्जस्थित होटल साम्बालाबाट पक्राउ गरिएको हो । भक्तपुर प्रहरीले चक्रेविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी अनुसन्धान पनि अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?