काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई अझ उन्नत, सुदृढ र कार्यान्वयनमुखी बनाउनु आजको मुख्य राजनीतिक विषय भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी चरित्रलाई सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले भने, ‘हामी सबैलाई राष्ट्रियताको भावनाले एक सूत्रमा बाँधेको छ । देशका सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग र भूगोललाई उचित ढंगले प्रतिनिधित्व गराएर समावेशी चरित्रको राज्य निर्माण गर्न हालको संविधान सफल भएको छ ।’
गृहमन्त्री लेखकले वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको स्मरण गराउँदै यसले समग्रमा संघीय गणतन्त्रात्मक र समावेशी राज्य व्यवस्था सुनिश्चित गरेको बताए ।
उनले संविधानको रक्षा आजको प्रमुख राजनीतिक मुद्दा भएको उल्लेख गर्दै भने, ‘नेपाली कांग्रेस र यसमा समावेश सरकार संविधानको रक्षा र कार्यान्वयनमा दृढताका साथ अघि बढेको छ ।
कार्यक्रममा उनले सबै वर्ग, क्षेत्र, जाति र समुदायलाई समेटेर बनेको संविधानले मुलुकमा समावेशी लोकतन्त्रको जग मजबुत बनाएको र सरकार त्यसको कार्यान्वयनमा समर्पित रहेको धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया