काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सुझाव दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले विद्रोह गरेर नयाँ पार्टी बनाउने र अहिले विद्रोहको औचित्य नभएको भन्ने अभिव्यक्ति दिनु पार्टी अनुशासन विपरीत रहेको स्पष्ट पारेका छन् । उनले विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सुझाव दिए ।
अध्यक्ष नेपालले पार्टीको हित र पक्षमा मात्र प्रचारप्रसार गर्नुपर्ने र सञ्चारमाध्यममा त्यसैअनुसार अभिव्यक्ति दिनुपर्ने निर्देशन दिएका छन् । उनी भन्छन्, ‘संविधान मिच्ने, संसद् विघटन गर्ने कारण नै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनेको हो ।’
उनले थपे, ‘पार्टीको हित र पक्षमा प्रचारप्रसार गर्नुपर्छ, पार्टीको प्रतिष्ठा बढाउनुपर्छ, अनुशासन पालना गर्नुपर्छ । विरोधमा होइन । मिडियामा गएर पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने कुरा गर्नु किन रु यदि ठिक नलाग्छ भने केपी ओलीको सेवा गरेर बस्नुपर्थ्यो ।’
नेपालले भने, ‘हामीले दृढताका साथ पहल गरेका छौँ । कसैले पार्टी अनुशासन उल्लंघन गरेर संविधान मिचे, संसद् भंग गर्यो । संसद् पुनः स्थापना प्रक्रियाबाट मात्रै सम्भव छ । तर कतिपय पात्रले दोस्रो पटक संसद् भंग गरे, फेरि दोस्रो पटक लाग्नुपर्यो । त्यो गल्ती थियो, विद्रोह गर्नु हुँदैनथ्यो ।’
उनले आफूहरूले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर अघि बढाएको दाबी पनि गरे । यसरी अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताको पक्षमा दृढ रहँदै अनुशासन र पार्टी हितको संरक्षणमा जोड दिएका छन् भने पार्टीका नेताहरूलाई स्पष्ट रूपमा ओलीको सेवा गर्न सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया