काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले ७ दिनमै विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम संसद्बाट विश्वासको मत लिन लागेका हुन् । यस प्रयोजनका लागि त्यस दिन बस्ने गरी संसद् बैठक आह्वान गर्न सभामुख भुवनकुमार पाठकलाई भनेका छन् ।
कांग्रेस संसदीय दलको नेतामा निर्वाचित बानियाँ एमाले–कांग्रेस गठबन्धनबाट यही साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । आफ्नै दलका मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा गर्न बाध्य बनाइ बानियाँ मुख्यमन्त्री बन्न सफल भएका थिए । उनी आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया