काठमाडौं । नेकपा एमाले सचिव एवं सांसद योगेशकुमार भट्टराईले निर्वाचन आयोगले स्वमूल्यांकन गर्न खोज्नु स्वभाविक रहेको बताएका छन् ।
विपक्षी दलहरुले चर्को विरोध गरिरहेका बेला शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले स्वमूल्यांकले पारदर्शीता कायम गर्ने भएकाले विरोध गर्नुको तुक नरहेको बताए ।
उनले पछिल्लो समय बढिरहेको सबै बेरुजुलाई राजनीतिसँग जोड्न नहुने बताए ।
बेरुजु बढ्दै जानुमा विद्यमान ऐनमा समस्या छ भने ऐन संशोधनको प्रस्ताव सचिवहरुले ल्याउनुपर्ने उनको धारणा रहेको छ । बेरुजुको अंक बढाउँदा राम्रो सन्देश नगएको एमाले सचिव भट्टराइले बताए ।
उनले निर्वाचन आयोगले गर्न लागेको स्वमूल्यांकले दलहरुमा परदर्शिता आउने समेत बताए ।
सांसद भट्टराईले भने –‘अहिले निर्वाचन आयोगले स्वमूल्यांकन गर्न खोज्दैछ । मोबाइल एपबाट दलहरुका सूचकहरुको आयोगले मूल्यांकन गर्न खोज्नु सकारात्मक हो । स्वमूल्याकंनले पार्टीभित्र परदर्शीता ल्याउछ । यसबाट अतिन जरुरी छैन ।’
उक्त विषयलाई सम्बन्धित अधिकारीको आन्तरिक मूल्यांकनको सूचकका रुपमा लिएर फछ्र्यौटमा निर्मम भएर लैजानुपर्नेमा जोड दिए ।
पछिल्लो समय मुलुकमा सकारात्मक सन्देश भन्दा पनि निराशा बढेको बताउँदै सांसद भट्टराईले अब सरकारले गरेका राम्रा कामहरुलाई जनमानसमा लैजान जरुरी रहेको बताए ।
उनकाअनुसार सुशासनलाई राम्रो गर्न कानून प्रवन्धदेखि व्यवहारमा सुधार गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया