सरकारसँग छैन विद्युतीय गाडीहरुको क्षमता जाँचपास गर्ने मेसिन

लोकपथ
140
Shares

काठमाडौं । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विद्युतीय सवारी साधनको क्षमता जाँचपास गर्ने मेसिन अहिलेसम्म नभएको र एसेम्बल गर्ने गाडीमा दिइएको छुटका कारणले पनि प्रत्येक वर्ष बेरुजु बढेको बताएका छन् ।

शुक्रबार सार्वजनिक लेखा समितिमा भएको बेरुजुसम्बन्धिको छलफलमा भट्टराईले ईभी गाडीहरुको क्षमता जाँच्ने कार्यक्षेत्र भन्सार विभागलाई नभएको बताए ।

उनकाअनुसार यातायात व्यवस्था विभाग अन्तर्गत क्षमता जाँच्न सकिने भए पनि आवश्यक मेसिनहरु नहुँदा प्रभावकारी हुन सकिरहेको छैन । उनकाअनुसार अहिले भन्सार विभागको बेरुजु २० अर्ब भन्दा बढी छ । 

महानिर्देशक भट्टराईले बेरुजुका पछाडि सुर्तीदेखि ग्यास बुलेटको ढुवानीसम्म जोडिएका छन् । विभागले बेरुजु फर्छ्यौटलाई कार्ययोजना बनाएर प्रभावकारी रूपमा काम गरिरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?