काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको १ लाख ९८ हजार ४०० रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको हो ।
पछिल्लो केही दिन यता सुनको मूल्यमा उतार-चढाव देखिए पनि आजको मूल्य वृद्धि सापेक्ष रूपमा उच्च मानिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३२५ रुपैयाँमा कारोबार भएको हो ।
अन्तर्राष्ट्रिय बजारको प्रभावका साथै माग र आपूर्तिको सन्तुलनअनुसार दैनिक रूपमा सुनचाँदीको मूल्यमा उतार–चढाव हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया