गाजा सहर कब्जा गर्ने इजरायलको घोषणा, मन्त्रिपरिषदद्वारा स्वीकृति प्रदान

लोकपथ
945
Shares
Israeli soldiers are seen near the Gaza Strip border in southern Israel, Wednesday, Aug. 6, 2025. (AP Photo/Ohad Zwigenberg)

काठमाडौं । इजरायलले औपचारिक रूपमै गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । गाजापट्टीलाई मानवरहित मात्रै बनाउने चेतावनी दिँदै आएको इजरायलले आज शुक्रबार भने सम्पूर्ण गाजा सहर नै कब्जा गर्ने घोषणा गरेको हो । 

इजरायलको सेक्युरिटी क्याबिनेटले गाजामाथिको कब्जा–योजनालाई आज शुक्रबार बिहान स्वीकृतिसमेत दिइसकेको छ । गार्डियनका अनुसार आईडीएफले अक्टोबर ७ सम्ममा गाजा सहर खाली गर्ने योजना बनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्ध अन्त्यका लागि भन्दै ५ बुँदे सिद्धान्तसमेत सार्वजनिक गरेको छ । जसमा हमास समूहको निःशस्त्रीकरण, मृत र जीवित सबै बन्धक फिर्ता, गाजापट्टीलाई असैनिकीकरण गरिनुपर्ने, गाजा पट्टीमाथि इजरायली सुरक्षा बलले कब्जा गर्ने र हमास वा प्यालेस्टिनी प्राधिकरण नभएको वैकल्पिक नागरिक सरकारको अस्तित्व छन् । 

इजरायली प्रधानमन्त्री नेतान्याहुले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामी गाजामाथि पूर्ण रूपमा कब्जा चाहन्छौँ । हाम्रो सुरक्षा सुनिश्चित गर्नका लागि हामीले गाजाबाट हमासलाई हटाउन चाहन्छौँ । गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौँ ।’

उनले गाजालाई नागरिकहरू संलग्न वैकल्पिक सरकारलाई सुम्पिन चाहेको बताउँदै भनेका छन्, ‘हामी एक सुरक्षा दायरा चाहन्छौँ, गाजामाथि शासन चाहँदैनौँ । हामीले त्यहाँ प्रशासनिक निकाय पनि राख्दैनौँ ।’

हालै इजरायलमा गरिएको एक सर्वेक्षणमा भने अधिकांश इजरायली जनताले बन्धकहरूको रिहाइका लागि सरकारले हमाससँग सम्झौता गर्नुपर्ने बताएका थिए ।

इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले नेतान्याहुलाई गाजामाथि कब्जा गर्नु ‘एउटा पासोमा फस्नुजस्तै’ हो भनेका थिए । 

गाजा सहर करिब ३ सय ६५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यहाँ झन्डै २१ लाख मानिसको बसोबास छ । 

हमासले ७ अक्टोबर २०२३ मा इजरायली भूमिमा आक्रमण गरेपछि झन्डै दुई वर्ष लगातार इजरायलले आक्रमण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?