काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्कने क्रममा दुबई प्रस्थान गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीलाई त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीलगायतले बिदाइ गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आज राति ११ बजेर ५ मिनेट जाँदा नेपाल आइपुग्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया