शिक्षण अस्पताल महाराजगञ्जमा विभिन्न विभागका लागि दरखास्त खुला

लोकपथ
1.3k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले अस्थायी करार सेवाका लागि विभिन्न विभागमा चिकित्सक पदमा दरखास्त आह्वान गरेको छ।

अस्पतालले आज एक सूचना जारी गर्दै ओ.पी.डी. क्लिनिकल, युरोलोजी, इमर्जेन्सी, र अन्कोलोजी विभागमा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।

सूचना अनुसार दरखास्त दिने उम्मेदवारले कम्तीमा २१ वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ र उमेरको अधिकतम सीमा ४५ वर्ष तोकिएको छ। इच्छुक उम्मेदवारहरूले साउन २९ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

दरखास्त दिन चाहनेले शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगञ्ज शाखामा २ हजार ५०० बुझाएर प्राप्त भएको भौचरसहित आवेदन फाराम पेस गर्नुपर्नेछ । निर्धारित म्यादभित्र दरखास्त नदिएमा प्रक्रिया अघि नबढ्ने स्पष्ट गरिएको छ।

परीक्षा लिइने भए पनि मिति पछि तोकिने बताइएको छ। दरखास्त फाराम र विस्तृत विवरणका लागि अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

tt

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?