काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्ड क्षेत्रमा गएको विनाशकारी बाढीमा कम्तीमा १७ जना नेपाली नागरिक परेको आशंका व्यक्त गरेका छन् ।
हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै पीडितको उद्धारका लागि कूटनीतिक पहल भइरहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्धारका लागि दूतावासमार्फत् तत्काल कूटनीतिक छलफल भएको थियो।’
बाढी र पहिरोमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले पीडित परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया