नाइमा अटो शोमा दर्शकको भीड : आकर्षणको केन्द्रमा महिन्द्राको बी-सिक्स ईभी

लोकपथ
861
Shares

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ हिजोदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोको दोस्रो दिन आज ठूलो संख्यामा दर्शक तथा ग्राहकहरूको उपस्थिति देखिएको छ।

नाइमाका परामर्शदाता प्रतिक अर्यालका अनुसार, पहिलो दिनमै करिब १५ हजार जनाको उपस्थिति भएको थियो भने दोस्रो दिन दिउँसोको मध्य समयमै १५ हजारभन्दा धेरै आगन्तुक एक्स्पोमा भित्रिइसकेको अनुमान गरिएको छ।

भीडको चापका कारण आयोजकले समय तालिकामा समेत लचिलोपन अपनाएको छ। अर्यालले भने, ‘हामीले बेलुका ६ बजेसम्म मात्र टिकट खुला राख्ने योजना बनाएका थियौं, तर हिजोको अपेक्षा भन्दा बढी भीडको अनुभवका आधारमा आज टिकट समय एक घण्टा बढाएर ७ बजेसम्म खुला राख्ने निर्णय गरेका छौँ।’ जसले गर्दा कार्यालय सकेर आउने ग्राककहरुले शो काे भ्रमण गर्न सक्नेछन् ।

५० भन्दा बढी अटो ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा महिन्द्राका दुई नयाँ इलेक्ट्रिक सवारी मोडेलले सबैभन्दा धेरै ध्यान तानेका छन् । महिन्द्रा बी-सिक्स ईभी (B-Six EV) र महिन्द्रा एक्सभी ९ (XV9) लाई अग्नि ग्रुपले नेपालमा पहिलो पटक सार्वजनिक गरेको हो ।

अग्नि ग्रुपका सेल्स म्यानेजर सागर भट्टराईका अनुसार, आगन्तुकहरू विशेष गरी B-Six EV मा आकर्षित भएका छन्, जुन आधुनिक प्रविधि, स्टाइलिस डिजाइन र नेपालको सडक अनुकूलित विशेषतासहित आएको छ।

बी-सिक्स ईभीको प्रमुख विशेषताहरू:

मूल्य: ५७ लाखदेखि ६८ लाख रुपैयाँसम्म

ट्रिम विकल्प: प्याक १, प्याक २, प्याक ३

डिजाइन: ककपिटबाट प्रेरित इन्टेरियर र स्पोर्टी लुक

स्मार्ट सुविधा: अटो-पार्किङ, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर, भेन्टिलेटेड सिट

प्रदर्शन: ५९ kWh ब्याट्री, ५०० किमी MIDC र ३५० किमी रियल रेंज

सुरक्षा र प्रविधि: लेभल २ ADAS, राडार, पार्किङ सेन्सर, भिजन क्यामेरा

सस्पेन्सन: अनुकूली सस्पेन्सन प्रणाली, नेपालको उबडखाबड सडकका लागि उपयुक्त

ग्राउन्ड क्लियरेन्स: २०७ मिमी, टर्निङ रेडियस ५ मिटर

आरामदायी इन्टेरियर: फराकिलो र प्रयोगमैत्री भित्री सजावट

एक्स्पो साउन २५ गतेसम्म जारी रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?