यी हुन् रुपन्देही–३ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न इच्छुकहरू

लोकपथ
2.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि इच्छुक उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।

रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो । 

रास्वपाले बिहीबार फेसबुक लाइभमार्फत कुसुम महर्जनसहित ९ जना उम्मेदवारको सूची सार्वजनिक गरेको हो 

जसमा डा.लेकजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, सुलभ खरेल, पाथवेन्द्र उपाध्याय, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?