काठमाडौं । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् ।
राजनीतिक प्रतिशोधका आधारमा आफूलाई थुनामा राखिएको भन्दै लामिछानेले सो निवेदन दिएका हुन् । जसमा उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका छन् ।
उनले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगोबराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने मागसहित निवेदन दर्ता गराएका हुन् ।
लामिछानेको सचिवालयले गत १९ साउनमै अदालतमा यस्तो निवेदन दिएको भएपनि बिहीबार मात्रै सार्वजनिक भएको हो ।
लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् ।
रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी अभियोगको मुद्दामा लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, उच्च अदालतले आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया